नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै

Jasus Khabar 1+ समाचार ( )
३० जेठ २०८०

नेपाल एयरलाइन्सले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ ।

एनएसीले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो ।मलेसियाको क्वालालम्पुरबाट आएको एनएसीको विमान मंगलबार बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण हुनेछ ।

पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्ने तयारी गरिएको छ । विमान भैरहवा अवतरण गरेर काठमाडौं आउने छ । विमानले हरेक मंगलबार नियमित उडान गर्ने जनाइएको छ । एनएसीले दिल्ली–भैरहवाका लागि पनि उडानको तयारी गरिरहेको छ । तर, सम्बन्धित निकायबाट उडान अनुमति भने पाएको छैन ।

प्रतिक्रिया