अनुदानको युरिया मल गायब गरेको आरोपमा सहकारी सञ्चालक प्रहरी नियन्त्रणमा

Jasus Khabar 3945+ समाचार ( )
२८ श्रावण २०८२

१९७ बोरा युरिया मल गायब भएको विषयमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

मायादेवी गाउँपालिकाको डुमरा स्थित चेतना विकास कृषि सहकारीले वडा नम्बर ५ बलुहवाका कृषकलाई वितरण गर्न भन्दै कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसन बाट किनेर ल्याएको थियो। 

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको निर्देशनपछि सोही सहकारीका सञ्चालक वशिष्ठ पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले  बताए । सो विषयमा छानबिन पछि मुद्दा चलाउने तयारी गरिएको उनले बताए । सो मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको समेत स्रोतले जनाएको छ। 

सो विषयमा छानबिनका लागि स्थानीय कृषकहरूले गत साउन ११ गते  गाउँपालिकामा समेत निवेदन दिएका थिए। वडा अध्यक्ष राघवेन्द्र पाण्डेले सो मलका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । जिल्लामा अनुदानको मल कृषि सहकारी र डिलरले कालोबजारी गर्ने गरेको कृषकहरूले बताएका छन्। ५० किलोको एक बोरालाई साढे नौ सय मा बिक्री गर्नुपर्नेमा कृषि सहकारीले दोब्बर बढी मूल्यमा बिक्री गर्ने गरेको कृषकहरूको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित समाचार