मनाङ- हिमालय मोट्रक्सले नेपालमै पहिलो पटक ३५१९ मिटर उचाइमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक गरेको छ।>
मनाङमा आयोजित कार्यक्रममा ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको थियो।>
>
कम्पनीले यो विद्युतीय पिकअप नेपालको कठिन भूभागका लागि उपयुक्त रहेको दाबी गरेको छ।>
डुअल मोटर, फोरह्विल ड्राइभ, एडप्टिभ एअर सस्पेन्सन र शक्तिशाली फिचरहरू रहेको यो पिकअपको सुरुवाती मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।>
हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्सले यो गाडी नेपालमा ल्याएको हो।>>