बाटोमा हिँडिरहेका बेला चट्याङ लागेर काकाको मृत्यु, भतिज घाइते

Jasus Khabar 3958+ समाचार ( )
९ जेठ २०८२

चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो बाटोमा हिँडिरहेका इच्छाकामना गाउँपालिका १ क्याङसिराङका ५१ वर्षीय बिरु चेपाङको चट्याङ लागेर मृत्यु भएको हो।

यस्तै उनीसँग हिँडिरहेका उनका भतिज ३२ वर्षे दिलबहादुर चेपाङ घाइते भएको प्रहरीले जानकारी दिएको छ।

अचानक चट्याङको प्रहारबाट मानिसको मृत्यु भएपछि स्थानीयवासीले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय मुग्लिनलाई जानकारी दिएका थिए। त्यसपश्चात मुग्लिन प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो।

प्रहरीका अनुसार मृतकको शवको पोष्टमार्टम गर्न र घाइतेलाई पनि उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।

चितवनका प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया