गत चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजाबादीहरूको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो । कयौँ मानिसहरू घाइते भए । सार्वजनिक तथा निजी संरचनाहरू तोडफोड र आगजनी भयो ।>
>
राजावादीहरूको उक्त आन्दोलनमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन । आन्दोलनकारीहरूले कम्पनीको प्रशासनिक भवन तोडफोड गरे भने उत्पादन तथा प्रयोगशाला भवनमा आगो लगाएर पूर्ण रूपमा प्रयोगविहीन बनाइदिए ।>>
>
>
यो कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्दै आएको थियो । खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरूले गर्दथे । उत्पादित बस्तुको बजारीकरण देखिका कामहरू भने केन्द्रीय कार्यलयले गर्थ्यो । जसका कारण सो घटनाको लगभग एक महिनासम्म सबै काम ठप्प भएको कम्पनीकी निमित्त महाप्रबन्धक उषा रिजालले बताइन् ।>>