धनुषा जिल्लाको मिथिला न.पा-२ बेलाचापी स्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ७४ औँ अवतरण दिवसको उपलक्ष्यमा मनाइने अवतरण दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ ।>
सन्त रामपालजी महाराजको ७४ औं अवतरण दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा भाद्र २१ देखी २३ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रमको आज दोस्रो दिन भाद्र २२ गते शनिबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरियो । ८ सेप्टेम्बर १९५१ मा समाज सुधारक परम सन्त रामपालजी महाराजको जन्म भएको शुभ दिनको सम्झनामा यो दिवस हरेक वर्ष ८ सेप्टेम्बरमा मनाइन्छ । कबीर साहेबको वर्तमान अवतारको रुपमा अवतरित हुनुभएकाले उहाँको अवतरण दिवस मनाउने गरिएको आयोजकले जनाएका छन् ।>
>
सन्त रामपालजी महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै १० नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ। यस विवाहमा कुनै प्रकारको सरसामान नगद लेनदेन भएको छैन भने कुनै पक्षको एक रुपैयाँ पनि खर्च भएन। सर्व आगन्तुकहरुलाई खाने बस्ने व्यवस्था आश्रम कै तर्फबाट विशाल भन्डारामा गरिएको थियो ।>
>
मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षीमा लाखौं व्यक्तिहरुसामु उक्त विवाह सम्पन्न भएको थियो। यस्ता विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ। समाजबाट दाइजोरुपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् । यस कार्यक्रममा अनुयायीहरुले नेपाल रेडक्रस सोसाइटीलाई १७० युनिट रक्तदान पनि गरेका छन् ।>
>
कार्यक्रममा मधेस प्रदेशका सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु,विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायत गणमान्य व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो। कार्यक्रममा कबिर साहेबको संघर्षको पुरै घट्नाहरु चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि लगाइएको थियो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम तथा आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् । यो कार्यक्रम, व्यवस्थापन र अनुशासन त राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको कुरा अतिथीहरुले बताउनुभएको छ। विशाल भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु,जेरी,बर्फि तथा हलुवा प्रसादका साथै पूरी, शब्जी,सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको छ। >
जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउन तयार रहेको आयोजकले बताएका छन् यसका साथै धेरै भन्दा धेरै संख्यामा आम जनसाधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरि नै रहेको छ। तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थित रहेको थियो।
>
>>
रक्तदान, पुन्य का काम, हर बूंद में जीवन देने की शक्ति है और इस शक्ति को पहचाना है संत रामपाल जी महाराज के शिष्यों ने, जो लोगों की जिंदगियाँ बचाने के लिए संत रामपाल जी के 74वें अवतरण दिवस पर किया सैकड़ों यूनिट रक्तदान। मानवता की मिसाल
#दहेज_लालची_के_मत_ब्याहो_बेटी 🔹संत रामपाल जी के शिष्य अपने गुरुदेव की शिक्षाओं के अनुसार, बिना किसी दहेज के विवाह कर समाज में नई राह दिखा रहे हैं। सन्त रामपाल जी महाराज के मार्गदर्शन में दहेज मुक्त शादियाँ की हैं। ये विवाह समाज को यह संदेश देते हैं कि सच्ची मानवता में दहेज जैसी कुप्रथाओं के लिए कोई स्थान नहीं है। यह एक अनूठा अभियान है जो समाज में समता, आदर्श और निष्कलंक प्रेम को स्थापित करता है जोड़ों का 17 मिनट की असुर निकंदन रमैणी द्वारा सादगीपूर्ण तरीके से विवाह हुआ।
#अब_छोरी_बोझ_होइनन् सन्त रामपालजी महाराजद्वारा सुरु गरिएको दाइजोमुक्त समाजको लक्ष्य (मिसन) अनुरूप आज लाखौँ चेलीबेटीहरू सुखी जीवन जिउँदै छन् । साथसाथै पहिले हुने छोरीहरूको भ्रूणहत्या पनि बन्द हुँदै छ । सन्त रामपालजी महाराजको प्रयासबाट समाजमा छोरा र छोरी बिच हुने सामाजिक विभेद पनि समाप्त हुने क्रममा छ । अब छोरीहरू बोझका रूपमा रहेनन्।
#अब_छोरी_बोझ_होइनन् सन्त रामपालजी महाराजद्वारा सुरु गरिएको दाइजोमुक्त समाजको लक्ष्य (मिसन) अनुरूप आज लाखौँ चेलीबेटीहरू सुखी जीवन जिउँदै छन् । साथसाथै पहिले हुने छोरीहरूको भ्रूणहत्या पनि बन्द हुँदै छ । सन्त रामपालजी महाराजको प्रयासबाट समाजमा छोरा र छोरी बिच हुने सामाजिक विभेद पनि समाप्त हुने क्रममा छ । अब छोरीहरू बोझका रूपमा रहेनन्।
#अब_छोरी_बोझ_होइनन् सन्त रामपालजी महाराजद्वारा सुरु गरिएको दाइजोमुक्त समाजको लक्ष्य (मिसन) अनुरूप आज लाखौँ चेलीबेटीहरू सुखी जीवन जिउँदै छन् । साथसाथै पहिले हुने छोरीहरूको भ्रूणहत्या पनि बन्द हुँदै छ । सन्त रामपालजी महाराजको प्रयासबाट समाजमा छोरा र छोरी बिच हुने सामाजिक विभेद पनि समाप्त हुने क्रममा छ । अब छोरीहरू बोझका रूपमा रहेनन्।
Puran Guru Sant rampal ji maharaj Anmol Gyan... Jeene ki raah pustak. Gyan ganga... Only one God Allah 🙏🙏🙏🙏 Kabir.....
समाजमा व्याप्त राक्षस रुपी दाईजो प्रथालाई निर्मूल गर्दै संत रामपाल जी महाराजका अनुयायी ।
कती राम्रो समाचार। अब भने देश मा छोरी चेली ले संतोष को सास लिने भए। समाज बाट यस्तो कुप्रथा लाई उखेलेर फ्यालने महान कार्य गर्नु हुने परम संत रामपाल जी महाराज लाई मेरो पनी कोटि कोटि प्रणाम 🙏 जय हो संत रामपाल जी
सन्त रामपाल जि महाराज जि को अनमोल वा अकल्पनिय योगदान हरु अनगिन्ती छन् जसमा दाइजो मुक्त बिबाह पनि पर्दछ🙏🙏🙏
#अब_छोरी_बोझ_होइनन् जहाँ दाइजो नपाउँदा बुहारीलाई परिवारको अगाडि जलाइन्छ । सन्त रामपालजी महाराजको मार्गदर्शनमा रमैणीमार्फत दाइजोमुक्त विवाहबाट लाखौं जनता दाइजो रुपी राक्षसबाट मुक्त भइरहेका छन्। सन्त रामपालजी महाराजको निर्देशनमा दाइजोमुक्त समाज बनिरहेको छ।