खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्ला दुई महिनामा ५१ जना नेपालीले ज्यान गुमाएका छन्।>
यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउनमा ३२ र भदौमा १९ गरी ५१ जनाको मृत्यु भएको हो।>
यसअघि अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामै ६२ जना नेपालीको मृत्यु भएको थियो। सो आर्थिक वर्षभरिमा कुल ३१२ जना नेपालीले यूएईमा ज्यान गुमाएका थिए, जसअनुसार मासिक औसत २६ जना नेपालीको मृत्यु हुने गरेको दूतावासले जनाएको छ।>
त्यसअघि २०८०/८१ आर्थिक वर्षमा भने यूएईमा २३१ जना नेपालीको मृत्यु भएको थियो।>
सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटु सम्बन्धी रोगलगायतका कारणले यूएईमा रहेका नेपाली कामदारले ज्यान गुमाउने गरेका छन्।>>