जासुस खबर सुनसरी >
सुनसरी — सुनसरी क्षेत्र नं–४ का प्रतिनिधि ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचनताका गरेका प्रतिबद्धताहरू पूरा नभएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्।>
स्थानीयका अनुसार, खोला तटबन्ध निर्माण गर्ने प्रतिवद्धता अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। वर्षायाममा डुबानको समस्या दोहोरिरहँदा पनि दीर्घकालीन समाधान नआएको उनीहरूको गुनासो छ। आहिले ज्ञानेन्द्र बहादुर कार्की सुनसरी क्षेत्र नं - ४ बाट चुनाबी मैदानमा छन्। दुई पटक चुनाब सुनसरी क्षेत्र - ४ बाट जिति सकेका एक पटक अझै मत दाता फकाउन आहिले चुनाबी अभियानमा छन् ज्ञानेन्द्र बहादुर कार्की।>
त्यस्तै, भोक्राहा कोशी हरिनगर गाउँपालिकामामा मोबाइल नेटवर्कको कमजोर सेवाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको स्थानीय बासिन्दाहरू बताउँछन्। पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ ठोस पहल नभएको जनताहरुको आरोप छ। >
एता सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीविरुद्ध भँगाउ अभियान तीव्र बनेको छ। पछिल्लो समय विभिन्न स्थानमा आयोजित सभा, छलफल तथा सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त हुँदै आएको छ।>
स्थानीय बासिन्दाहरूले विगतमा गरिएका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै आलोचना गरिरहेका छन्। विशेषगरी खोलाको तटबन्ध, सडक स्तरोन्नति, सिँचाइ तथा सञ्चार सेवा सुधार जस्ता विषयमा ठोस उपलब्धि नदेखिएको आरोप लगाइएको छ।>
यसैबीच, कार्की पक्षले भने आफूले क्षेत्रको विकासका लागि निरन्तर पहल गरिरहेको दाबी गरेको छ। विकास योजनाहरू क्रमिक रूपमा अघि बढिरहेको र केही काम प्रक्रियागत कारणले ढिला भएको स्पष्टीकरण दिइएको छ।>
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय राजनीति तातिँदै गएको देखिन्छ। भँगाउ अभियानले क्षेत्रको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।>
>>