प्रधानमन्त्री ओलीले गरे एमाले विधान महाधिवेशनको उद्घाटन

Jasus Khabar 3958+ समाचार ( )
२० भाद्र २०८२

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको उद्घाटन भएको छ ।

ललितपुरको सनराइज हलमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

तीनदिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।

उद्घाटनपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदनपछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’को कार्यक्रम रहेको छ ।

त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेस गरिनेछ । साँझ पाँच बजे आजका कार्यसूची सकिने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया