नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो

Jasus Khabar 1+ समाचार ( )
९ अशोज २०८१

आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।


मंगलबार तोलाको १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको मूल्यले उक्त रेकर्ड आज तोडेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।


यसैबीच, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार चाँदी तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ।








प्रतिक्रिया