सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट मिर्गौलापीडित बिरामीले हाम फाले

Jasus Khabar 3925+ समाचार ( )
१६ वैशाख २०८२

सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट एक जना मिर्गौलापीडित बिरामीले हाम फालेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सिंहको अवस्था गम्भीर छ । सेती प्रादेशक अस्पतालमै सिंहको उपचार भइरहेको श्रेष्ठले जानकारी दिए ।

‘मिर्गौला पीडित सिंह डायलासिसका लागि सोमबार प्रादेशिक अस्पतालमा आएका थिए,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘चिकित्सकको सल्लाहअनुसार उनलाई मेडिकल वार्डमा भर्ना गरिएको थियो । आज दिउँसो २ बजे एक्कासी तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका छन् ।’

कुरुवा बसेकी श्रीमती इश्वरीदेवीलाई एकछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले तेस्रो तलाबाट हाम फालेको बताइएको छ ।

प्रतिक्रिया