जनकपुरधाममा जेन-जी पुस्ताको प्रदर्शन

Jasus Khabar 3945+ समाचार ( )
२३ भाद्र २०८२

 सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जनकपुरधाममा जेन-जी पुस्ताले प्रदर्शन गरेका छन्। सोमबार जेनजी पुस्ताले जनकपुरधाम स्थित जानकी मन्दिरबाट जनक चौकहुँदै जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

इन्ड क्रप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन्।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

जेनजी पुस्ताले युवाहरु सामाजिक सञ्जालमा मात्र नभई सडकमा समेत आउन सक्ने भन्दै अहिले सरकारले गरेको भ्रष्टाचार, सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा आफूहरु आएको बताए।

जनकपुरधाममा जेनजी पुस्ताले विभिन्न समूहमा प्रदर्शन गरिरहेको छ। पुनः २ बजे जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया