जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको भन्दै रौतहटको गाउँपालिका तत्कालीन अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुणकुमार साहलाई पक्राउ गर्न जिल्ला अदालतले रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो।>
गरुडा- ६ पोठियाहीका सन्तोष कुमार चौधरीले काठमाडौं नागार्जुन- ४ बस्ने विमलादेवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाहीको हरिपुर- ७ मा रहेको जग्गा खरिदका लागि भएको सम्झौता बमोजिम विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेकमार्फत् बुझाएका थिए । सो जग्गा खरिदविक्रीमा जोडिएका पूर्वगाँउपालिका अध्यक्ष साहले बैंकमार्फत् १० लाख रुपैयाँ लिएर चौधरीको नाममा जग्गा पास गराइदिने आश्वासन दिएपनि पैसा पाएपछि विभिन्न बहाना बनाउने र पैसाको बारेमा चुपचाप बस्ने गरेको उजुरीकर्ताले बताएका छन् । >
जग्गा खरिदकर्ता चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत् २०८१ भदौ १९ गते अरुण साहलाई चेक दिए पनि उनले जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै चौधरीले पीडक विमला श्रेष्ठ,धिरज श्रेष्ठ र अरुण साहमाथि १ करोड ४३ लाख ५० हजार ठगी गरेको ठगी मुद्दा दायर गरेका थिए । >
रकम ठगी गरेको मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौरसँग जेठ १३ गते अनुमति माग गरेको थियो। त्यसपछि जिल्ला अदालतले दुर्गा भगवति गाउँपालिका- २ का अरुण साहसहित तीनैजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।>
‘पूर्वपालिका अध्यक्ष साहसहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ,इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने,'मुख्य अभियुक्तसँगै पूर्वअध्यक्ष साहलाई पनि प्रहरीले पक्राउको तयारी गरेको छ।>
>>>>>