इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा हैदरावाद ६ विकेटले विजयी भएको हो ।>
सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । २०६ रनको जवाफी लक्ष्य पछ्याएको हैदरावादले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।>
यी दुवै टोली प्लेअफको रेशबाट भने बाहिरिइसकेका छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किङ्स प्लेअफमा पुगिसकेका छन् । चौथो स्थानका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा छ ।>
आईपीएलमा आज राति पौने ८ बजे चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स आमनेसामने हुँदै छन् ।>>