किन दुख्दैन आमालाई कोख ? मनोविद् भन्छन्- ‘समर्पणले सर्वनाश निम्त्याउँछ’

Jasus Khabar 3945+ समाचार ( )
१९ वैशाख २०८२

भगवान मिथ्या हुन सक्छ तर आमा सत्य हुन् अर्थात् आमा भगवानभन्दा माथि हुन् । संसारको सबैभन्दा पवित्र नाता आमा हो । निस्वार्थ प्रेम कसैले गर्छ भने, उनी आमा हुन् । नेपोलियन बोनापार्टले ‘मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु’ भनेर आमाको व्याख्या गरेका छन् । शास्त्रले पनि आमालाई पृथ्वीसँग तुलना गरेको छ ।

आमाले आफ्नो सन्तान बचाउनको लागि मृत्युसँग लडेको हामीले देखेका छौँ । मानिसमा मात्रै नभएर जनावरमासमेत त्यो दृश्य देख्न सकिन्छ । आफूमाथि आइपर्ने हरेक कष्ट सहन तयार हुन्छिन् आमा । तर, सन्तानमाथिको प्रहार उनलाई सह्य हुँदैन । कतिसम्म भने आफ्ना सन्तान कुट्ने पतिसेमत उनलाई दुस्मन लाग्छ । 

आमाको महत्व र आमा के हुन् भनेर शब्दमा उतार्न मुस्किल पर्छ । तर आमाहरूले नै स्वयं आफ्नै सन्तान मार्नेसम्म कसरी पुग्न सक्छन् ? पछिल्ला केही प्रतिनिधि घटना हेराैँ, जसले आमामाथि पनि प्रश्न तेर्स्याउन बाध्य पार्छ । 

शायद यही भएर कवि माधव प्रसाद घिमिरेले ‘पापिनी आमा’ लेखेका होलान् ।


प्रतिक्रिया