गढीमा झुण्डिएर एक महिलाको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२० आषाढ २०८२

इनरुवा । सुनसरीको गढी गाउँपालिका–२ रिषिदेव टोलमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन्।


मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया लेहरी रिषिदेव रहेको प्रहरीले जनाएको छ। शुक्रबार राती उनले आफ्नै दुई कोठे टिनको छानो र टाटीको बेरा भएको घरको सुत्ने कोठामा बाँसको बलोमा सारीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।


घटनाबारे मृतककी श्रीमान मनेजर रिषिदेवले राति करिब ३ बजे अस्थायी प्रहरी चौकी औरावनीमा खबर गरेपछि प्रहली टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक मदन बहादुर बस्नेतको कमाण्डमा टोली खटिएको र घटनास्थल सुरक्षित राखिएको प्रहरीले जनाएको छ।


अझ थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिम्लिसिनाको नेतृत्वमा SOCO टोली समेत बिहान ६ बजे घटनास्थल पुगेको थियो।


प्रहरीका अनुसार मृतकका श्रीमान मनेजर रिषिदेव घरको बरन्डामा सुतिरहेका बेला घटना भएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया