भुटाहा नाइट राइडरको फराकिलो जित संगै फाइनलमा प्रवेश

Jasus Khabar 3945+ समाचार ( )
२७ चैत्र २०८१

सुनसरी - हरिनगर गाउँपालिका वडा नं - २ युथ स्टार स्पोर्ट्स क्लब द्वारा आयोजित ५औं १५-१५ च्यालेन्ज कप क्रिकेट प्रतियोगिता भुटाहा नाइट राइडरले फराकिलो जित हात पारेका छन्।  

युथ स्टार सपोर्ट क्लब आयोजना गरिएको ५ - १५- १५ च्यालेन्ज कपमा भुटाहा नाइट राइडरले राम्राे प्रस्तुति सँगै फाइनलमा स्थान बनाएका छन्। 

एभरेष्ट क्रिकेट क्लब भोक्राहालाई- भुटाहा नाइट राइडरको १४० को लक्ष्य दिइएका थिए। एभरेष्ट क्रिकेट क्लब १३ ओभरको समाप्तिमा अलआउट भएर लाजस्पद हार बेहोरे सँगै नाइट राइडर फाइनलमा प्रवेश गरेका छन्। 

भुटाहा नाइट राइडर जित संगै हरिनगर गाउँपालिका वडा नं - २ का प्रतिनिधि वडा अध्यक्ष मोहमद अंसारीलाई अग्गालोमा हालेर फिल्डमा खेल समर्थकहरुले खुस्यालि साटेका हुन।

प्रतिक्रिया