भोटेकोसी तथा त्रिशूली नदी छेउछाउका नागरिकलाई सावधानी अपनाउन अनुरोध

Jasus Khabar 3959+ समाचार ( )
३० आषाढ २०८२

रसुवा। जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको सिमाना बाट बहने भोटेकोसी तथा लेन्दे खोलामा पानीको बहाव बढ सक्ने भन्दै भोटेकोसी तथा त्रिशूली नदी छेउछाउमा बसोबास गर्ने नागरिकहरूमा आवश्यक पूर्व तयारी र सावधानी अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षले नेपाल र चीनको सिमाना क्षेत्रमा केही दीन भारी वर्षा हुन सक्ने भन्दै वर्षाका कारण नदीको बहाव बढ्दा बिपतको जोखिम हुन सक्ने सूचना पठाए सँगै जिल्ला प्रशासन कार्यालय रसुवाले प्रेस विज्ञप्ति मार्फत सूचना जारी गरेको हो।

असार चौबीस गते मंगलबार भएको क्षतिलाई आत्मा साथ गर्दै नदी आसपासमा रहेका कार्यालयहरू,निमार्णधिन जलविद्युत आयोजना तथा सम्पन्न भई संन्चालनमा आएका बिद्युत् उत्पादन केन्द्रहरूमा थप क्षति हुने भएकाले आम जनसमुदायहरू पूर्व तयारी एवं सावधानी अपनाउन अनुरोध गरिएको छ।

विशेष गरी खोला तथा नदीहरूको छेउछाउका बस्तीहरूमा बढी जोखिम हुने भएकाले विशेष गरी रातको समयमा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। वर्षा याममा बाढी र पहिरोको बिपतका घटना घटेमा तत्काल जिल्ला प्रशासन कार्यालय रसुवामा खबर गर्न समेत अनुरोध गरिएको छ।

नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा पनि मनसुनी प्रणाली सक्रिय हुने र वर्षाका कारण भोटेकोसी, त्रिशूली, चिलिमे लाङटाङ लगायतका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको हो।

प्रतिक्रिया