कोशी प्रदेशसभा बैठक: आज नीति तथा कार्यक्रम पेश हुँदै

Jasus Khabar 3945+ समाचार ( )
६ जेठ २०८२

 कोशी प्रदेशसभाको सातौं बजेट अधिवेशनको दोस्रो बैठकमा नीति तथा कार्यक्रम पेश हुँदैछ ।

विराटनगरस्थित प्रदेश सभामा आज दिउँसो ३ बजे सुरु हुने बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष ०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम पेश हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम सम्बोधन गर्नु हुने कार्यसूची रहेको प्रदेश सभाका कार्यवहाक प्रदेश सचिव गौतमराज अमात्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार