गौशाला नगरपालिका १२ परोडियामा जग्गा दर्ता गराइदिने भन्दै अवैध तवरले रकम असुुली गर्दै आएको तथ्य सार्वजनिक भएको छ । वर्षौंदेखि बसोवास गर्दै आएको जग्गा नाममा पास गराइदिने भन्दै प्रतिकिता ५० हजारका दरले रकम असुल गर्दै आएको खुलासा भएको छ । >
वडा कार्यालयले गठन गरिएको उपसमितिका सदस्यहरूले यसरी खुलेआम पीडितहरूसँग ५० हजारका दरले रकम उठाउँदै आएको स्थानीय दीपेन्द्रबहादुर तामाङले आरोप लगाएका छन् । उनले भने, यहाँका १ सय ५ घरपरिवारसँग जग्गा पास गराइदिनका लागि वडा कार्यालयले ५ सदस्यीय उपसमिति गठन गरिएको छ । सो कार्यका लागि खर्चको जोहोका लागि उनीहरूसँग सो पैसा असुल्दै आएको छ । उनीहरूलाई मौखिक प्रलोभन देखाइ उठाएको पैसाको भने कुनै किसिमको लिखित दस्तावेज रहेको छैन ।>
स्थानीय ९५ वर्षीय भागवतनारायण झाले भने, ‘विश्वासका भरमा वर्षौैं पहिले मनरा सिस्वाका जोगीसिंह (हाकिम साब) सँग विश्वासको भरमा खरिद गरिएको थियो । जमिन खरिद गरेको पाँच दशक बित्दासमेत जग्गा पास नगरिदिएपछि उनीहरूको कुरामा सुलभ रूपमा विश्वास गरी सो रकमको जोहो गरी दिएको हुँ । >
जग्गा बिक्री गर्ने जोगी सिंहको पनि धेरै वर्षअघि मृत्यु भइसकेकाले समस्याको समाधान अलि मुस्किल नै रहेकाले समझदारीको विकल्पले जग्गा पास गराउने तयारी भइरहेको गौशाला नगरपालिका–१२ को कार्यालयले जनाएको छ । रकम असुल गरेको सम्बन्धमा कार्यालयलाई जानकारी नरहेकोले यस विषयमा गम्भीर रुपमा अनुसन्धानमा जुटिने कार्यालय स्रोतले जनाएको छ । >
यसैबीच राष्ट्रिय भूमि अधिकार मञ्च महोत्तरीका अध्यक्ष पिताम्बर महतोले अनाधिकृत रूपमा रकम असुली कार्यमा संलग्न उपसमितिका सदस्यहरूलार्ई अब कानुनीको दायरामा आउने बताएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालयसँग समन्वयन गरी दोषीलाई कानुन अनुसारको कारबाही गरिने महतोले प्रतिक्रिया दिएका छन् । उनले ती बस्तीका जग्गा पास गर्ने प्रक्रिया धेरै अगाडि बढिसकेकाले अब केही दिनभित्रमा नै जग्गा नामसरी हुने जानकारी दिएका छन् ।>
गौशाला नगरपालिका–१२ मा अवस्थित साविकको गाविस भरतपुर ९ घ को कित्ता नम्बर १४ मा रहेको १३ बिघा १५ कट्ठा ५ धुर जग्गा वर्षौैं पहिले खरिद गरिए तापनि जग्गा नामसरी भएका छैन । जहाँ स्थानीय १ सय ५ घरपरिवार अव्यवस्थित रूपमा आश्रित छन् ।>
>>>>>