शिक्षक कर्मचारीहरूको जायज माग सम्बोधन गर्नुपर्छ: अध्यक्ष अन्सारी

Jasus Khabar 3945+ समाचार ( )
२२ चैत्र २०८१

अजमल अन्सारी 

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष समेत रहनुभएका ऐयुब अन्सारीले शिक्षक कर्मचारीहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखी आन्दोलनरत रहेको शिक्षक कर्मचारीहरुको जायज मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


विज्ञप्तिमा "विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० लामो समय देखि संसदमा विचाराधीन रहेको छ । शिक्षक तथा विद्यालय कर्मचारीको वृत्तिविकास, सेवा सुविधा र ट्रेड युनियन अधिकार सुनिश्चितताका लागि नेपाल शिक्षक महासंघ र नेपाल सरकार बिच गतविगतमा भएका सम्झौता कार्यान्वयन हुनेगरी समयमै ऐन जारी नहुँदा फेरि पनि मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारी संघीय राजधानी केन्द्रीत सडक आन्दोलनमा होमिनुपरेको छ ।


शैक्षिकसत्रको शुरुवात हुने समयमा शिक्षक कर्मचारीहरू राजधानी केन्द्रित हुनुपर्दा कोशी गाउँपालिका सँगै देशभरका विद्यालयमा भर्ना अभियान प्रभावित भइरहेको छ । मुलुकको मेरूदण्डको रूपमा रहने शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति पटक पटक सडक आन्दोलनमा जानुपर्ने अवस्था सृजना हुनु खेदजनक छ ।


तसर्थ शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई व्यवस्थित गर्न प्रस्तावित विधेयकमा शिक्षक कर्मचारीहरूको जायज माग सम्बोधन गरी तत्काल समस्या समाधान गर्न नेपाल सरकार तथा सम्बद्ध पक्षलाई हार्दिक अपिल गर्दछौं ।" विज्ञप्तिमा उल्लेख गरेको छ । 


विज्ञप्ति: 


प्रतिक्रिया