कोशीविरुद्ध एपीएफको सहज जित

Jasus Khabar 1+ समाचार ( )
१ माघ २०८०

कोशी प्रदेश विरुद्ध एपीएफले  सहज जित,  हातपारेको  छ। 

नेपाल एपीएफ क्लबका कप्तान रोहितकुमार पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्धको खेलमा अलराण्डर प्रदर्शन गरेपछि लगातार दोस्रो जित निकालेको छ ।

 लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले कोशीलाई ४ विकेटले पाखा लगाएको छ ।

कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि रोहितले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काउँदै ८० रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै सुमित श्रेष्ठले २० रन थप्दा प्रजवल साहीले २२ रन जोडे । यो जितसँगै २ खेलबाट ४ अंक जोडेको एपीएफ शीर्ष स्थानमा रहँदा कोशीले भने लगातार २ हार भोगेको छ ।

उनी पहिलो खेलमा ब्याटिङमा २ रनमा आउट हुँदा बलिङतर्फ भने ४ विकेट लिँदै टिमलाई विजयी सुरुवात गराएका थिए भने आजपनि बलिङमा उनले तीन विकेट लिएका छन् ।


प्रतिक्रिया