लगातार चौथो वर्ष स्पेनिस क्लब रियल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ ।>
फोर्ब्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार विश्वको सबैभन्दा धनी फुटबल क्लब बनेको रियल मड्रिडको सम्पत्ति ६.७५ बिलियन डलर छ । >
रियल मड्रिडले सन् २०२३-२४ को सिजनमा १.१३ बिलियन डलर कमाउने पहिलो फुटबल क्लब बनेको छ । फोर्ब्सका अनुसार, रियल मड्रिडपछि सबैभन्दा धनी क्लबको सूचीमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छ । म्यानचेस्टर युनाइटेडको सम्पत्ति ६.६ बिलियन डलर छ ।>
युनाइटेडले सन् २०२३-२४ को सिजनमा ८३४ मिलियन डलर आम्दानी गरेको छ । यस्तै, तेस्र स्थानमा रहेको स्पेनिस क्लब बार्सिलोनाको सम्पत्ति ५.६५ बिलियन डलर छ । >
फोर्ब्सका अनुसार बार्सिलोनापछि शीर्ष १० मूल्यवान क्लबमा ६ वटा प्रिमियर लिग क्लब परेका छन् । लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटनहम हट्सपर र चेल्सी क्रमश: क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । >
यस्तै, जर्मन क्लब बायर्न म्युनिख नवौँ र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) दशौँ स्थानमा छन् ।>
>>