भुटानविरुद्ध रौनक श्रीवास्तवको शतक

Jasus Khabar 3945+ समाचार ( )
१७ आषाढ २०८२

एसीसी यू १६ ईस्ट जोन कपमा रौनक श्रीवास्तवले शतक प्रहार गरेका छन्। भुटान विरुद्धको खेलमा शतक प्रहार गरेका हुन्। 

नेपालका लागि चौथो क्रममा आएका रौनकले ९५ बलमा १० चौका र १ छक्कासहित शतक पूरा गरेका हुन्। उनले ३६.४ ओभरमा शतकीय पारी पूरा गरे। 

नेपाल ३७ ओभरको खेल सक्दा ४ विकेटको क्षतिमा २३८ रन बनाएर खेलिरहेको छ।

यसअघि नेपालका ओपनर ब्याटल प्रसिद्ध जैसीले इन्डोनेसिया विरुद्ध १३२ रनको शतकीय पारी खेलेका थिए। नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ। समूह ए को शीर्षस्थानमा रहेको नेपाल अभिजित रहँदै सेमीफाइनल प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो।

प्रतिक्रिया