अमेरिकाको शिकागोस्थित एक नाइटक्लब बाहिर भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ।>
शिकागो प्रहरीले स्थानीय समय अनुसार राति ११ बजेतिर गाढा रंगको कार क्लबबाट गएको थियो। भित्र रहेका बन्दुकधारीले बाहिरका मानिसमाथि गोली चलाएको बताएको छ।>
बीबीसीको अमेरिका सम्बद्ध संस्था सीबीएस न्यूजका अनुसार र्यापर मेलो बक्जको एल्बम रिलिज पार्टी पछि मानिसको भीड नाइटक्लबबाट बाहिर निस्किरहेको थियो।>
प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको बताएको छ।>
गोलीबारीमा घाइते भएकालाई विभिन्न अस्पतालमा लगिएको छ। प्रहरीले २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको जनाएको छ।>
अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गोलीबारीमा घाइते र मृत्यु हुनेको पहिचान अझै खुलाइएको छैन।>
>>>>>