सिएनएनले स्रोतको हवाला दिदै सार्वजानिक गरेको रिपोर्ट अनुसार इजरायलले अक्टोबर ७ भित्र गाजा सिटी खाली गराउने गरी योजना बनाएको छ। गाजामा युद्ध विस्तार गर्ने इजरायली सुरक्षा मन्त्रीपरिषद्ले स्वीकृति पाएसँगै अब योजना कार्यान्वयनका लागि एकभन्दा बढी चरणमा सैन्य कार्वाही सुरु हुने छ। समाचारका अनुसार पहिलो चरणको अन्तिम मिति अक्टोबर ७ तोकिएको छ। यस चरणमा गाजा सिटी खाली गराउने र सहयोग सामग्री वितरणको दायरालाइ गाजा सिटी बाहिर पुर्याउने योजना अनुसार यसको विस्तार गर्ने योजना अघि सारिएको छ। सन् २०२५ को अक्टोबर ७ मा इजरायलमाथी हमासको नेतृत्वमा भएको आक्रमणको दोस्रो वार्षिकोत्सव हो, जसले गाजामा इजरायल युद्ध सुरु गराएको थियो। स्रोतलाइ उदृत गर्दै सीएनएनले दिएको जानकारी अनुसार सोही मितलाई प्रतीकात्मक रुपमा गाजा सिटी कब्जाको मितिका रुपमा छनोट गरिएको हो। त्यस्तै पहिलो चरणको सुरुवातमै इजरायलले मानवतावादी सहयोग प्रयासलाई उल्लेखनीय रूपमा गाजा सिटी बाहिर बढाउने तर गाजा सिटी भित्र सहयोग वितरण नगर्ने योजना बनाइएको छ। यसको उद्देश्य प्यालेस्टिनीहरुलाई गाजा सिटी छाडेर बाहिर जान बाध्य पार्नु हो। योजना पूर्ण रूपमा सम्पन्न गर्न पाँच महिना लाग्न सक्ने अनुमान गरिएको छ। मन्त्रिपरिषदको मतदानअघि एक इजरायली अधिकारीले स्वीकृत योजना गाजाको सम्पूर्ण नियन्त्रणको भन्दा केही साँघुरो छ, जसमा केवल गाजा सिटी समावेश छ र वरपरका शिविरहरू बाहिर राखिएका छन्। तर यसले अझै पनि गाजाको लगभग आधा जनसंख्या जबर्जस्ती विस्थापित गर्ने छ। हाल इजरायली सेनाले गाजाको ७५% क्षेत्रमा नियन्त्रण कायम गरेको दाबि गरिन्छ। यसैबिच इजरायली सेनाका प्रधान स्टाफ एयाल जामिरले गाजाको मानवीय संकटलाई झन् गम्भीर बनाउने खतरा र युद्ध बढाउँदा हुने अन्तर्राष्ट्रिय असरबारे सुरक्षापरिषदलाई चेतावनी दिएका थिए, तर उनको चेतावनीलाई बेवास्ता गरिएको छ। जामिरले बाँकी रहेका ५० बन्दीहरू, जसमा २० जना अझै जीवित भएको विश्वास गरिन्छ, तिनीहरूको सुरक्षाबारे पनि सचेत गराएका थिए। त्यसको सट्टा, जामिरले गाजा सिटी र अन्य क्षेत्रलाई घेर्ने सीमित योजना प्रस्तुत गरेका थिए, तर स्रोतका अनुसार, सुरक्षा मन्त्रीपरिषदले उक्त योजना अस्वीकार गर्योज। जामिरको प्रस्तावको अप्रत्यक्ष सन्दर्भ दिँदै नेतन्याहूको कार्यालयले एक विज्ञप्तिमा ‘सुरक्षा मन्त्रीपरिषदमा पेश गरिएको वैकल्पिक योजना न हमासलाई पराजित गर्ने छ, न बन्दीहरूलाई फर्काउने लक्ष्य पूरा गर्ने छ।’ भनिएको छ। संयुक्त राष्ट्रसङ्घले उक्त कदमले ‘विनाशकारी परिणामहरु’ निम्त्याउन सक्ने चेतावनी दिएको छ र बन्धकका परिवार आफ्ना प्रियजनको ज्यान खतरामा पर्न सक्ने चिन्ता व्यक्त गरेको छ।

Jasus Khabar 3925+ समाचार ( )
२३ श्रावण २०८२

पहिरो खसेर पृथ्वी राजमार्गको धादिङ खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ स्थित जरेखेत, गजुरी गाउँपालिका–४ स्थित जरे पुल र थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिलोमा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडकमा एकतर्फी सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका एसपी नरेश सुवेदीले बताए । जरे खेत र जरे पुलमा एकतर्फी सवारी सञ्चालन गरिएको छ । थाक्रे गाउँपालिका–७ स्थित सात किलोमा चाहिँ दुई तर्फ नै सवारी चल्न थालेका छन् ।

एसपी सुवेदी भन्छन्– ‘पहिरो पन्छाएर सात किलोमा दुई तर्फी सवारी सुचारु गरिएको छ ।’ पहिरो खसेको ठाउँमा सडक विभागका प्राविधिक गएर अध्ययन गरिरहेका छन् । बिहान ३ बजेर २० मिनेटमा सड्क अवरुद्ध भएसँगै राजमार्गमा ७८० वटा सवारी होल्ड गरिएको छ । आदमघाट, मलेखु, सिम्ले, मझिमटार, खानीखोला, महादेववेशी, गजुरी र बेनिघाटमा सवारी साधन होल्ड गरिएको एसपी सुवेदीले बताए । उनले भने– ‘होल्ड गरिएका सवारी साधनलाई बिस्तारै पठाउँदैछौँ ।’ ट्राफिक प्रहरीले खत्रीपौवा र विशालटारमा पनि सवारी साधन होल्ड गरेर प्राथमिकताको आधारमा आउजाउ गराइरहेको छ ।


प्रतिक्रिया