>
अजमल अन्सारी> सुनसरी । नियम उल्लंघन गरेर चलाइएका ३ सय ६६ वटा सवारीसाधनलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।>
होलीमा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ३ सय ६६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।>
>
नियन्त्रणमा लिइएका अधिकांश सवारीसाधन चालकले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएका थिए । ती सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाही गर्ने डिएसपी खतिवडाले बताए । होली पर्व मर्यादित होस् भनेर चेकजाँचमा कडाइ गरिएको उनले बताए ।>
>
होलीमा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले निगरानी गरेको थियो । >
>
>>