सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवतीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार भोक्राहा नरसिंह गाउँपालिका-४ चिराैलीस्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका-२ माइती घर भइ हरिनगर गाउँपालिका-६ बस्ने आदिल अन्सारीको श्रीमती करिब २० वर्षीया नुसरत खातुनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।
खातुनले आफ्नो भाउजु सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिन आएका थिए । उनी सुरुवाती अवस्थादेखिनै लगातार परीक्षा दिदै आएको भएपनि आज सुनसरी प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाइएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका-२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा अजहरको ठाँउमा उनको नन्द नुसरतले परीक्षा दिइरहेका थिए । हाल विद्यार्थी सलमा अजहर विदेश स्थित कतारमा रहेकी छिन् ।
नुसरतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐन बमोजिम कार्वाही हुने बताउनुभयो ।
नेपालमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐन, २०२८ (संशोधन सहित) र मुलुकी अपराध संहिता, २०७४ अनुसार गम्भीर फौजदारी अपराध मानिन्छ। यस्तो कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले तुरुन्तै पक्राउ गरी परीक्षा ऐन अनुसार जरिवाना र कैद सजायको व्यवस्था छ, साथै उक्त परीक्षा रद्द हुने र भविष्यमा परीक्षा दिन नपाउने गरी रोक लगाउन सकिन्छ।>>
कतारमा रहेको भाउजुको सट्टा नन्दले दिइरहेकी एसईई परीक्षामा सुनसरीबाट नक्कली परीक्षार्थी पक्राउ
प्रतिक्रिया
ताजा समाचार
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३
संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी...
Jasus Khabar | २७ आषाढ २०८३
पत्रकार विश्वकर्मा सम्मानित
Jasus Khabar | १४ आषाढ २०८३
जनता हिलो सडकमा, मन्त्री मन्सुरी चिल्लो गाडीमा, सम...
Jasus Khabar | ११ आषाढ २०८३
इनरुवा नगरपालिकाको बजेट ९६ करोड ६७ लाख, पूर्वाधार...
Jasus Khabar | १० आषाढ २०८३