पाकिस्तानी सेनाले गर्‍यो आफ्नै देशमा हवाई आक्रमण, ३० जनाको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
६ अशोज २०८२

 पाकिस्तानी सेनाले आफ्नै पश्तून नागरिकमाथि हवाई आक्रमण गरेको छ। यसमा बालबालिका र महिलासहित ३० जना सर्वसाधारणको मृत्यु भएको छ। 

पाकिस्तानी वायुसेनाले राति करिब २ बजे खैबर पख्तुनख्वा प्रान्तको तिराह उपत्यकामा अवस्थित मात्रे दारा गाउँमा जेएफ–१७ लडाकु विमानबाट आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन्।  

यस्तै ८ वटा एलएस–६ बम खसालेर ३० भन्दा बढी नागरिक मारिएका बताइएको छ। तर पाकिस्तान सरकारले आक्रमणबारे अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ भने २० भन्दा बढी घाइते भएको बताइएको छ। बम विस्फोटमा गाउँको ठुलो भाग ध्वस्त भएको छ।  

स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीका अनुसार गाउँका मानिस सुतिरहेका बेला ठुलो विस्फोट भएको हो। धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन्।

सडक भत्किएकाले उद्धार र राहत कार्यमा कठिनाइ भइरहेको छ। 

प्रतिक्रिया