चितवनको सौराहमा रहेको वन्यजन्तु आखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्र वन्यजन्तु संरक्षणको एउटा अर्को विशेष रूप हो। राष्ट्रिय प्रकृति संरक्षण कोष ( NTNC) अन्तर्गत सौराहमा रहेको वन्यजन्तु आखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्र अवलोकन गर्न आउनेहरू बढ्दै गइरहेका छन्।>
यहाँ अनुसन्धान गर्नेदेखि वातावरण विषय पढ्ने विद्यार्थीहरू तथा सर्वसाधारणहरु पनि आउने गरेका छन्।>
राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु भेटनरी प्राविधिक किरणराज रिजालले ओखेटोपहार संकलनको काम २०५० सालभन्दा अगाडिदेखि नै सुरु भएको बताए।>
‘२०५० साल अगाडिदेखि नै वन्यजन्तु संरक्षमा काम गर्दै आएका विष्णु लामा, हर्कमान लामाले कामकै शिलशिलामा जंगल जाँदा विभिन्न कारणले मृत्यु भएका वन्यजन्तुको प्रिजन गरेर राख्ने गर्नुहुने रहेछ। २०५८ सालदेखि म पनि सहभागी भएँ,’ उनले भने।>
२०६२ सालदेखि सबैले हेर्न मिल्ने गरी ओखेटोपहार प्रदर्शनीमा राखिएको उनले बताए। उनले भने,’पहिला त यो सानो ठाउँमा अनुसन्धानमा सहयोग हुन्छ भनेर राखेको थियो। पछि सबैले हेर्न मिल्ने गरी २०६२ सालदेखि प्रर्दशनमा राखिएको हो।’>
यहाँ कुनै कारणले मृत्यु भएका वन्यजन्तुलाई प्रिजन गरेर राखिएको छ। कारणबस मृत्यु भएकाको पेटमा बच्चा भएको अवस्थामा बच्चालाई निकालेर पनि यहाँ राखिएको रिजालले जानकारी दिए।>
उनका अनुसार प्रर्दशनी भवन जर्मन, नेपालका राम थापाको आर्थिक सहयोगमा निर्माण गरिएको हो। बाढी आउने हुँदा भवन निर्माण गर्दा त्यसलाई मध्यनजर गरिएको छ।>
सौराहाका होटल व्यवसायीहरूले पनि वन्यजन्तु ओखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्रलाई आफ्नो प्याकेज प्रोग्राममा राखेका छन्। जसले गर्दा वन्यजन्तुको बारेमा पर्यटकले पनि जानकारी लिन्छन्।>
त्यस्तै, विभिन्न विदेशी विद्यार्थीहरू पनि आउने गरेको उनले बताए। अनुसन्धान गर्नेहरूका साथै यस विषयमा अध्ययन गर्दै गरेका विद्यार्थीका लागि पनि यो केन्द्र उपलब्धिमूलक भएको छ।>
वन्यजन्तु ओखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्रमा बाघ, चितुवा, हात्ती, डल्फिन, गैंडा, सर्प प्रजाति, चरा प्रजाति, पुतली प्रजातिलगायतको राखिएको छ। यहाँ नरहेका वन्यजन्तुको ओखेटोपहार अन्य ठाउँबाट पनि ल्याउने गरिन्छ।>
अवलोकनका लागि विद्यार्थीलाई ३० रुपैयाँ र अन्यलाई ५० रुपैयाँ शूल्य रहेको रिजालले जानकारी दिए।>
>>