यादवलाई मियाको धम्की, आफुपनि नछाड्ने यादवको चेतावनी

Jasus Khabar 3945+ समाचार ( )
पदीय मर्यादाको दुरुपयोग गरेको आरोप
५ वैशाख २०८२

सुनसरी । नेकपा एमाले भोक्राहा नरसिंह गाउँपालिकाका युवा नेता रमेश यादवले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाले आफुलाई गाली गलोैज गर्दै धम्की दिएको आरोप लगाएका छन् ।


युवा नेता यादवले आफुले पालिकामा भइरहेको अनैतिक गतिविधिको विरुद्धमा आवाज उठाउँदा पालिकाका अध्यक्ष मियाले ह्वाटस अप मार्फत धम्की दिएको बताए । गाउँपालिकामा कर्मचारीमाथि दबाब दिएर अश्लील हर्कत गरेको गुनासोको सन्दर्भमा फेसबुकमा लेखेकाे स्टाटसकाे विषयमा धम्की दिएकाे बताए ।


नेता यादवले गतिछाडेर गाली गलाैज सहित धम्की दिएर निच व्यवहार गरेको बताए । उनले आफु सँग प्रमाण रहेको र आफुले देखेकाे प्रमाणका आधारमा केही पनि र कसैलाई नछाड्ने चेतावनीसमेत दिएका छन् ।


पदीय मर्यादाको दुरुपयोग गरेको, सरकारी सवारी र तेलको दाेहानसंगै महिला कर्मचारीलाई मानसिक तनाव दिने हर्कत देखाएकोले आफुले क्रमशः बेथिति उजागर गर्ने बताएर ।


उनले सिसिटिभि क्यामेरा निगरानीको लागि हो कि बन्द गरेर गाेप्य काेठामा बाेलाउनलाई कसले अधिकार दिएको हो ? पदकाे दुरुपयोग गर्न र अमानवीय तथा भ्रष्टाचारको लागि अध्यक्ष भएको हो ? भन्दै प्रश्न गरे ।


उनले सामाजिक संजालमा लेख्छन्,' गतिछाडा त जस्तो अध्यक्षकाे धाकधम्की र स्टाटस डिलिटकाे धम्कीको मलाई कुनै प्रवाह छैन । त जस्तो तेरो केही भक्त र चाकडीबाचले धम्की दिएपनि केही हुनेबाला छैनन् यहीँ सामाजिक सञ्जालबाट क्रमस: बेथिति उजागर गर्नेछु,' लेखेका छन् ।


यता भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मियाले आफुले कुनैपनि किसिमको धम्की नदिएको प्रतिक्रिया दिनुभयो । वहाँले पालिका प्रशासन माथि र कर्मचारीको विषयमा लगाएको आरोप निराधार रहेको बताउनुभयो । आफुले यादवलाई धम्की नदिएको बरु प्रमाण दिन भनेको स्वीकार गर्दै प्रमाण उपलब्ध गरेको खण्डमा छानबिन गरी कार्वाही गर्ने बताउनुभयो ।  

प्रतिक्रिया