तारकेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
२७ श्रावण २०८२

 तारकेश्‍वर नगरपालिका-२ स्थित ढकालटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने नुवाकोट ताडी गाउँपालिका-१ घर भएका ३२ वर्षीय विशाल तामाङ समेत पाँच जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया