राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुने सम्भावना बढेको छ।>
लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएकाले सो सम्भावना बढेको हो।>
लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि यसअघि पटक-पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ मै रहँदै आएको थियो।>
सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।>>