डिशहोम र ल्यानिज हबबीच सहकार्य: हाइफ्युचर ग्याजेटमा ५० प्रतिशतसम्मकाे छुट

Jasus Khabar 3945+ समाचार ( )
५ श्रावण २०८२

डिशहोमले आफ्ना ग्राहकलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित ल्यानिज हबसँग सहकार्य गरी विश्वप्रसिद्ध हाइफ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनमा ५० प्रतिशतसम्मकाे छुट अफर ल्याएकाे छ ।

अब ग्राहकले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्ने छन् । यो विशेष छुट पाउनको लागि ग्राहकले डिशहोम इन्टरनेट वा टिभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ । त्यसपछि उनीहरूले ५० प्रतिशत छुटमा हाइफ्युचरका स्मार्ट ग्याजेटहरू खरिद गर्न सक्ने छन् ।

यस योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन्:

सोनिक एयर एयरबड: अब केवल रु. १,७४९ (बजार खुद्रा मूल्य: रु. ३,४९९)

जोन २ स्मार्टवाच: अब केवल रु. २,७४९ (बजार खुद्रा मूल्य: रु. ५,४९९)

भोकल स्पिकर: अब केवल रु. ४,४९९ (बजार खुद्रा मूल्य: रु. ८,९९९)

डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ ।

यो अफर लागू भएको छ । इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइटमार्फत् सजिलै यी सामानहरू खरिद गर्न सक्ने छन् ।

डिशहोमले भनेकाे छ, ‘ल्यानिज हबसँगको सहकार्यमार्फत् हामीले विश्वस्तरीय हाइफ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं । यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो ।’

यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुनेछ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ ।

यससँगै सबै हाइफ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमो कोड ‘CHILLFI15’ प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया