>
अजमल अन्सारी>
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले लागू औषधको बढ्दो दुष्प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा निगरानीसहित कानुनी कारबाहीलाई तीव्र पारेको बताउनुभएको छ । जिल्लामा दिनप्रतिदिन बढ्दै गएको लागू औषधको कारोबार र दुर्व्यसन नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले विशेष अभियान चलाउएको बताउनुभयो ।>
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरीद्वारा आइतबार बराहक्षेत्र नगरपालिका-४ स्थित सुर्य फेमली पार्टी प्यालेसको सभाहलमा आयोजित FAN लोगो अंकित टिसर्ट तथा प्रशंसा-पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ मिश्रले भने, "लागू औषध र दुर्व्यसनले हाम्रो समाज, परिवार र विशेषगरी युवा पुस्ता बर्बाद बनाइरहेको छ। यसको रोकथामका लागि प्रशासन, सुरक्षा निकाय र स्थानीय तह मिलेर सशक्त अभियान चलाएको छाैँ।"वहाँले थपे,' समाजलाई स्वस्थ, सुरक्षित र जिम्मेवार बनाउने हाम्रो साझा दायित्व हो। लागू औषध दुर्व्यसनविरुद्ध सबै निकाय एकजुट भएर लाग्नुपर्छ," प्रजिअ मिश्रले भन्नुभयो।>
>
प्रजिअ मिश्रले लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सुराकी प्रणालीलाई समेत सशक्त बनाएको जानकारी दिए। उनले विद्यालय, कलेज र सार्वजनिक स्थानहरूमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।>
>
जिल्ला प्रशासनले लागू औषध कारोबार रोकथाम तथा दुर्व्यसन न्यूनीकरणका लागि विशेष अभियान प्रारम्भ गरिसकेको छ। हालसम्म विभिन्न स्थानबाट लागू औषधसहित कारोबारीहरू पक्राउ पर्न थालेका छन्। प्रशासनले यो अभियानलाई अझ कडा बनाउँदै लैजाने जनाएको छ।>
>
>