धरानमा गाँजासहित दुई जना नियन्त्रणमा

Griha Sewa 46+ समाचार ( )
२० आषाढ २०८२

इनरुवा । सुनसरीको धरान उप-महानगरपालिका–१३ स्थित कोशी राजमार्गमा प्रहरीले ४९.७२ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।


बिहिवार साझ करिब ६ बजेको समयमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको चेकजाँच टोलीले विशेष सूचनाका आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ६२६८ नम्बरको यात्रुबाहक बस जाँच गर्दा बसको डिकीमा राखिएका दुई वटा सुटकेसभित्र लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिणामको लागू औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


प्रहरीका अनुसार, सोधपुछ गर्दा उक्त सुटकेस भोजपुरको पौवादुम्मा गाउँपालिका–६ का ३६ वर्षीय जीवनराज राई र अर्का ३१ वर्षीय आरएन राईको रहेको खुलेको छ । दुबै जनालाई गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया