झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्।>
गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बरऔ १ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।>
>
पक्राउ पर्नेहरूमा गौरादह- १ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।>
गोरुको मासु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरूले गौरादह- १ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए।
त्यसपछि लिम्बूको घरमा गएर हेर्दा निलो प्लाष्टिक ओछ्याइ बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्डकोष फेला परेको थियो।>
अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ।>
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>