धनुषाको मिथिला नगरपालिका ८ गुम्बा टोलस्थित एक पुरुषको शव इनारमा फेला परेको छ ।>
स्थानीय जमान सिंह घिसिङको छोरा ३३ वर्षीय नारायणको शव घर छेउकै इनारभित्र भेटिएको हो । नारायण विगत चार दिनदेखि सम्पर्कविहीन थिए ।>
नारायणको खोजी गरिरहेकै अवस्थामा सोमबार इनारबाट दुर्गन्ध आयो । त्यसपछि इनारभित्र टर्च बालेर हेर्दा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरिएको थियो ।>
इलाका प्रहरी कार्यालय ढल्केवरका टोली घटनास्थल पुगेर शव इनारबाट बाहिर निकालेको बताइएको छ ।>
शव पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पतालमा पठाएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।>>