भैरहवा : रुपन्देहीको दानव नदीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एकै गाउँका तीनजना बालकको शव फेला परेको छ।>
सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।>
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दा बालकहरू शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए।>
खोजतलासका लागि बाँकेको शम्शेरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा १३ जनाको गोताखोर सहितको टोली परिचालन गरिएको थियो।>>