कञ्चनपुरमा दुई किलो चरेससहित प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी होटल एण्ड लजका सञ्चालक ५० वर्षीय पदमबहादुर कार्की रहेका छन्।>
उनलाई बुधबार इलाका प्रहरी कार्यालय झलारी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुई किलो तीन सय १५ ग्राम चरेससहित पक्राउ गरेको हो। कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
>>