नेपालको समग्र विकासमा भारत सरकार सकारात्मक: शेखर कोइराला>
>
विराटनगर, पुस २८ –भारत, जनता दल (युनाइटेड) का नेता एवं बिहार सरकारका समाज कल्याण मन्त्री मदन सहनीले शुक्रबार विराटनगरस्थित कोइराला निवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गर्नुभएको छ।>
नेपाली कांग्रेस महानगर सभापति दीपक चापागाईंको सहजीकरणमा सम्पन्न उक्त भेटघाटमा नेपालको समग्र विकासमा भारत सरकारको सकारात्मक भूमिका रहेको डा. कोइरालाले बताउनुभयो। उहाँले दुई देशबीचको ऐतिहासिक मित्रता र सहयोगको महत्वसमेत जोड दिनुभएको थियो।>
त्यस अवसरमा मन्त्री सहनीले नेपाललाई पर्यटकका लागि अद्भुत देशका रूपमा उल्लेख गर्दै पर्यटन प्रवर्द्धनका लागि थप प्रयास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले दुई देशबीचको जनस्तरमा रहेको सम्बन्धले आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो।>
भेटघाटमा नेपाल-भारत साझेदारीलाई अझ सुदृढ बनाउने र विभिन्न क्षेत्रमा आपसी सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो।>
यस प्रकारका उच्चस्तरीय भेटघाटले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।>
>>