भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी , विस्तृत विवरण आउन बाँकी

Jasus Khabar 1+ समाचार ( )
३ पौष २०८०

भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको प्रहरीले  जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार