प्रधानमन्त्री ओली र राष्ट्रपति बाइडेनबीच न्युयोर्कमा भेटवार्ता

Jasus Khabar 1+ समाचार ( )
११ अशोज २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच न्युयोर्कमा भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति बाइडेनबीच शुक्रबार भेट भएको हो । 

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा ओलीसँगै उनकी श्रीमती राधिका शाक्य पनि सहभागी थिइन् । 

ओलीले बिहीबार राति महासभालाई सम्बोधनसमेत गरेका थिए । सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । 

प्रतिक्रिया