बाबुराम भट्टराईको नागरिकता खारेज गर्नुपर्छः एमाले नेता शाही

Jasus Khabar 3945+ समाचार ( )
१९ वैशाख २०८२

नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेपाली नागरिकता नै खारेज गरिनुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको आन्तरिक मामलामा भारतमा गएर बोलेको भन्दै भट्टराईको नागरिकता खारेज गरिनुपर्ने बताएका हुन् ।

‘बाबुरामको त नागरिकता खारेज गर्नुपर्छ । हेर्नुस् किन भन्नु न ? आफ्नै देशभित्र भएका कमीकमजोरी हामी समीक्षा गर्न सक्छौं । तर, राजनाथ सिंह (भारतीय रक्षामन्त्री) रक्षामन्त्री कहाँ गएर यो आन्दोलन ओलीविरोधी हो, लोकतन्त्र विरोधी होइन । हाम्रो आन्तरिक कुरा बाहिर भन्नु जरुरी छैन नि,’– उनले भने ।

नेता भट्टराईले भारतको भात खाएको कारण संविधान जारी गर्ने बेलामा तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर नेपाल आएको उनले दाबी छ । भारतले संविधान जारी गर्न नदिएर सिक्किमलाई आफ्नो देशमा गाबेको उनको दाबी छ । नेता शाहीले नेपालको आन्तरिक मामलामा कसैले बोल्छ भने त्यस्तो व्यक्तिको नागरिकता खारेज हुनुपर्ने उनले बताए ।

‘हिजो पनि उहाँले जेएनयूमा भात खानुभयो र यहाँ जयशंकर आउनु भयो । सिक्किममा पनि संविधानसभाको निहुँले सिक्किम विलय गर्न सकेको थियो । जयशंकर यहाँ आएको भनेको त्यसै आउनु भएको होइन । संविधान घोषणा नगर, तिमी संविधान घोषणा गर्न सक्ने देश पनि होइनौं । तिम्रो देश हामी कोल्याप्स गर्छौं भनेको हो । हिजो दिल्ली, जेएनयू र नोयाडामा भात खानाले यहाँ जयशंकर आउनुभयो । फेरि नबोलाएको ठाउँमा गएर हाम्रो आन्तरिक मामला बाहिर कसैले बोल्छ भने त्यस्ता मान्छेको नागरिकता खारेज गर्नेगरी कानून बनाउनुपर्छ,’– उनले भने ।


प्रतिक्रिया