ढुङ्गा खसेर लाग्दा एक वृद्धाको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
१५ जेठ २०८२

दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गर्नेक्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको हो ।

बाटोमा हिँडिरहेका उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।


प्रतिक्रिया