आइसीसी महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ। >
समूह ‘सी’मा रहेर नेपालले हङकङ र बहराइनसँग खेल्नेछ।>
थाइल्यान्डको बैंककमा हुने यस प्रतियोगितामा ९ वटा टिम सहभागी रहेका छन्। प्रतियोगितामा नेपाल, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया, कतार, यूएइ, बहराइन र हङकङ रहेका छन्। >
नेपालले पहिलो खेल ९ मेमा हङकङसँग खेल्नेछ। १० मेमा नेपालले बहराइनसँग खेल्नेछ। >
>
हाल नेपाली महिला क्रिकेट टिम भैरहवामा तयारी गरिरहेको छ।>>