आज मिती २०८१/०९/०६ ओएसिस क्याफे विराटनगरमा एक कार्यक्रम गर्दै क्यान महासघ मोरङले फरक शैलीमा "सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक" कार्यक्रममा सम्पन्न गरेको छ । प्रविधीमैत्री उक्त कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधि एवम विशेसत: कम्युटर व्यवसाहीको उपस्थिति रहेको थियो । >
यस कार्यक्रममा सहभागी अतिथिका रुपमा भोलीका कर्णधार साना नानी आयाम गौतम, निहारिका यादवको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाट्न सानी नानी निहारिका यादवले गमलामा रोपिएको फुलमा पानी हालेर गर्नुभएको थियो । वालवालिका भनेका भविस्य हुन अहिले देखि नै हामीले उनिहरुलाइ यस्ता कार्यक्रम र प्रकृतिक संरक्षणमा लगाउनु शिकाउनु पर्ने र प्रविधि विशेसत: मोबाइलको अत्याधिक प्रयोगवाट टाढा राख्नुपर्ने र आफू सङै उनिहरुमा नेतृत्व र सद्भावको ज्ञान बाड्नु राम्रो हो र यहि मोडेलमा आगामी दिनहरुमा समेत यसरी नै सानालाई शिकाउदै ठुलालाइ साथ लिएर अघि बड्ने छ क्यान महासघ मोरङ भन्ने यसै संस्थाका कोसाध्यक्ष एवम टेकफिनिटी सोलुसनका प्रवन्ध निर्देशक सुजित झाले बताए ।>
मोरङ बार असोसिएसनका उपाध्यक्ष नवराज दाहालज्यु निर्वाचन अधिकृतका रुपमा रही यस अघि नै नया कार्य समिति चयन भै सकेको थियो । आज उहाकै हातवाट पदाधिकारीहरुलाइ प्रमाणपत्र समेत वितरण गरिएको थियो । यसै सन्दर्भमा अधिवक्ता दाहालको भनाइ अनुसार क्यान महासघ मोरङले जहिले पनि सौहार्द्पुर्ण वातावरणमा भिन्नशैलीमा सबैलाइ जोडेर कार्यक्रम गरिरहेको देख्दा खुशी लागेको र संस्थाले उल्लेखनीय प्रगती गर्नेमा विश्वस्त रहेको छ । >
कार्यक्रममा सबै सदस्य संस्थाको परिचय तथा प्रमाणपत्र, पिन एवम सदस्यता नम्बर कार्ड समेत वितरण गरेको थियो । युवा व्यवसायी भेरो कम्प्युटरका प्रवन्धक एवम यसै संस्थाका उपाध्यक्ष सौरभ गोल्छ भन्छन सद्स्यता नम्बर वितरण कार्डले सस्था प्रती विश्वास र ग्राहकहरुलाई समेत व्यवसायिक संस्था (पसल) प्रतिको विश्वास बढाउने आशा व्यक्त गरे । हाल कम्प्युटर व्यवसायमा धेरै किसिमका समस्या रहेको र कहिले काहीँ संस्था (पसल) हरुको आधिकारिकतामा समेत वेला वेलामा प्रश्न उठ्ने गरेको छ । >
दुरगामी लक्ष्यका साथ नया अवशर र चुनौती समेट्न कतिवद्द भएको क्यान महासघ मोरङ्ले आगामी दिनहरुमा व्यवसायिहरुलाइ एउटै छातामा उभ्याउने र केही विशेष महत्त्वकान्क्षी योजनाहरु वि.टु.वी., क्यान इन्फोटेक एवम छात्रवृत्तिकोष सन्चालन समेत गर्ने योजना रहेको हाली सर्वसम्मत निर्वाचित न्यानोटेक आइ. टी. सोलुसनका प्रवन्धक सुमितकुमार साहले बताए। >
कार्यक्रम भव्य तथा सभ्यरुपमा सफल भएको महशुस गरेका छौ हाम्रो योजना नै प्रविधी र सामाजिक उतरदायित्व सङै लिएर हिड्ने रहेको छ हामी यसै लक्ष्य लिएर अघि बढिरहेका छौ यश संस्थाका सह सचिव एवम ॐ कम्पुटर एण्ड इलेक्ट्रोनिक्सका सम्चालक नवीन यादवले बताए । हालको परिवेशमा प्रविधि र प्रकृति सङ सङै लिएर हिडेको क्यान महासघ मोरङले गरेको हरेक कार्यक्रममा आफ्नै भिन्नै शैली प्रविधिको भरपुर प्रयोग, मायाको चिनोमा समेत फुलको विरुवा रहेको हुन्छ । >>