कोशी ब्यारेज: २७ वटा ढाेका खोलिए, रातो झण्डा र बत्ती बालियो

Jasus Khabar 3925+ समाचार ( )
१८ श्रावण २०८२

सुनसरी । सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ। सप्तकोशी जलमापन केन्द्रका अनुसार राती साढे ९ बजे सप्तकोशीमा १ लाख ९१ हजार ९० क्युसेक जलसतह मापन गरिएको हो ।


पहाडी क्षेत्रमा गएरातिदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भएपछि खतराको संकेत कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने २७ वटा ढोका खुला गरिएको छ ।


कोशीमा जलसतह सतर्कता तह पार गर्दै गएपछि सुनसरी, उदयपुर र सप्तरीका डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले अपिल गरेको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ ।

प्रतिक्रिया