भारतबाट अवैध रूपमा ल्याइएका पटका बरामद

Jasus Khabar 3925+ समाचार ( )
२३ अशोज २०८२

भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको पटका सुनसरी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले असोज २१, २२ र २३ गते तीन दिन विशेष अभियान चलाएर विभिन्न स्थानबाट करिब दुई लाख ६० हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका बरामद गरेको हो।

लुकाइ–छिपाइ राखिएका पटका प्रहरीले बरामद गरेको डिएसपी योगराज खतिवडाले बताए। बरामद गरिएका सामग्री हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।   

लुकाइ–छिपाइ राखिएका पटका प्रहरीले बरामद गरेको डिएसपी योगराज खतिवडाले बताए। बरामद गरिएका सामग्री हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए।   

प्रतिक्रिया