औरही– १ का वडाध्यक्षको निधन, आज नगरपालिकाभर शोक बिदा

Jasus Khabar 3925+ समाचार ( )
२५ श्रावण २०८२

महोत्तरीको औरही नगरपालिकामा आज सार्वजनिक बिदा दिएको छ । औरही नगरपालिका वडा नं. १ का वडाध्यक्ष योगी चौधरीको शनिबार भएको निधनप्रति शोक व्यक्त गर्दै नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

नगरप्रमुख प्रदीपकुमार खड्काले शोक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले पालिकाले एक होनहार, इमानदार र सच्चा जनप्रतिनिधि गुमाएकोमा स्तब्ध भएको उल्लेख गरेका छन् ।

वडाध्यक्ष चौधरीको निधनमा आज नगरपालिका भित्रका सबै कार्यालयहरू, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्था तथा स्वास्थ्य संस्था (आकस्मिक सेवाबाहेक)का सबै सेवा बन्द रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

ward-chief-aurahi-1754808922.jpg
६५ वर्षीय चौधरी लोसपा पार्टीबाट स्थानीय तह निर्वाचन– २०७९ मा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । मृतक चौधरीको शनिबार नै दाहसंस्कार गरिएको छ । वडाध्यक्ष चौधरीको अन्त्येष्टिमा लोसपाका वरिष्ठ नेता तथा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, लोसपाका मधेश प्रदेशका संसदीय दलका नेता जयनुल राईनसहितको सहभागिता रहेको थियो ।

अन्त्येष्टिमा सहभागी नेताहरूले पार्टीको तर्फबाट स्वर्गीय चौधरीलाई श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको झण्डा ओढाएर अन्तिम सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार